Call us

+977-083-524681

मध्य पश्चिमाञ्चल विश्व विद्यालय

Mid-Western University

Email us

info@mwu.edu.np

कृषि सङ्कायको पाठ्यक्रम अन्त्तिम चरणमा

Posted on: February 7, 2019

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कृषि सङ्काय अन्तर्गतका विभिन्न विषयहरूको पाठ्यक्रम निर्माण कार्य अन्तिम चरणमा छ l स्नातक तह (बि.एसी. एजी.) को कार्यक्रम विश्वविद्यालयले संचालन गर्न कान्तिपुर बहुप्राविधिक शिक्षालय, चितवनसँगको सहकार्यमा पाठ्यक्रम निर्माण कार्यलाई अन्तिम रूप दिन उक्त विषयका विज्ञहरूसंगको एक दिने कार्यशाला गोष्ठी भरतपुर, चितवनमा विश्वविद्यालयका पाठ्यक्रम विकास केन्द्रका निर्देशक सह-प्रा. लिलाधर तिवारीको अध्यक्षता र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.  उपेन्द्र कुमार कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ | 

उक्त कार्यशालाको उद्घाटन गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले विकास र समृद्धिको प्रमुख आधार कृषि र यसको व्यापारीकरण र औद्योगिककरण नगरी सम्भव नभएको बताउदै कर्णाली प्रदेशको केन्द्रमा रहेको विश्वविद्यालयमा त्यसमा उद्धमशिलता गर्न कृषि क्षेत्रको विज्ञ जनशक्ति उत्पादन गर्न विश्वविद्यालय क्रियाशील रहेको वताए त्यसै गरी कृषि तथा बन बिज्ञान विश्वविद्यालयका कृषि सङ्कायका सहायक डीन प्रा.डा. कल्याणी मिश्रले सबै विश्वविद्यालयहरूमा संचालनमा रहेका कार्यक्रमहरूको न्युनतम एकरूपता र सबै बिज्ञहरूको एक साझा मंच बनाई प्रभावकारी कार्यान्वयन आवश्यक रह्रेको बताइन | त्यसै गरी कृषि तथा बन विज्ञान विश्वविद्यालयका योजना तथा प्रशासनका निर्देशक प्रा.डा. अर्जुन कुमार श्रेष्ठले कृषि सङ्काय स्थापना गर्दा आवश्यक पर्ने पूर्वाधारको न्युनतम मापदण्ड पुरा गरेर मात्र कार्यक्रम संचलान गर्न सुझाव दिए | कृषि तथा बन बिज्ञान विश्वविद्यालयका पुर्व रजिष्ट्रार  समेत रहेका पाठ्यक्रम निर्माणका बिज्ञ समूहका लिडर प्रा.डा. सुर्यकान्त घिमिरेले आजको युग सुहाउदो कृषिको प्राविधिक जनशक्ति र उद्द्धमि उत्पादन गर्ने मूल मर्म अनुसार नै पाठ्यक्रम बनाउने प्रयास गरेको बताउदै यसलाई आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा खपत हुने जनशक्ति उत्पादन गर्न सबैको रचनात्मक सुझावको अपेक्षा गरेको बताए l कान्तिपुर बहुप्राविधिक शिक्षालयका डाइरेक्टर श्यामाजी कँडेलले विश्वविद्यालयले विश्वास गरेर पाठ्यक्रम निर्माणको जिम्मेवारी दिएकोमा खुसि व्यक्त गर्दै विज्ञहरुको विज्ञताको भरपुर सदुपयोग हुने गरी पाठ्यक्रम निर्माण गरेको दाबि गरे |

कार्यशालामा अनन्तराज देवकोटा, डा. सुवास सुवेदी, डा. विकास सुवेदी, प्रा.डा. सूर्यकान्त घिमिरे, डा. रामहरी तिमिल्सेना आदिले प्रस्तुत गरेको कोर्ष प्रस्तुतिमा प्रा.डा. मोहनदत्त शर्मा, प्रा.डा. कल्याणी मिश्र, प्रा.डा. अर्जुनकुमार श्रेष्ठ, प्रा.डा. सुन्दरमान श्रेष्ठ, प्रा.डा. महेश्वर सापकोटा, प्रा.डा. माधव पाण्डे, प्रा.डा. सरोज सापकोटा, डा. उज्वल तिवारी, राकेश आचार्य लगायतकाले टिप्पणी र पृष्ठपोषण प्रदान गरेका थिए l