Call us : +977-083-524681

Email us : info@mwu.edu.np

मध्य पश्चिमाञ्चल विश्व विद्यालय

Mid-Western University

पत्रकारिता छात्रवृत्ति कार्यक्रम सन्चालनका लागि सम्झौता

Posted on: May 13, 2020

मिती २०७७-०१-३१ गते, मध्य-पश्चिमाञ्चल विश्वविद्यालय र कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय विच स्नातकोत्तर पत्रकारिता छात्रवृत्ति कार्यक्रम सन्चालनका लागि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौताका लागि विश्वविद्यालय तर्फवाट श्रीमान उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहज्यू (Prof. Dr. Nanda Bahadur Singh) र मन्त्रालयतर्फवाट माननीय नरेश भण्डारी मन्त्रीज्यूको रहोवरमा सचिव वीरेन्द्र कुमार यादवद्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त छात्रवृत्ति कार्यक्रम अन्तर्गत, निश्चित मापदण्ड पुरा गरे पश्चात पत्रकारिता र आमसंचार विषयमा स्नातकोत्तर तहमा अध्ययनरत ५ जना विद्यार्थीले जनही १ लाखका दरले छात्रवृत्ति रकम प्राप्त गर्ने छन । यस् योजना अन्तर्गत गरीब, जेहेनदार तथा उत्कृष्ट विद्यार्थीले पत्रकारिता अध्ययन गर्न टेवा पुग्ने आशा राखिएको छ ।