Call us

+977-083-524681

मध्य पश्चिमाञ्चल विश्व विद्यालय

Mid-Western University

Email us

info@mwu.edu.np

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा एम.फील शुभारम्भ

Posted on: July 10, 2018

मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत ब्यबस्थापन सङ्कायले  एक कार्यक्रमका बीच पहिलोपटक शुभारम्भ हुन लागेको एमफील कार्यक्रममा भर्ना भएका विद्वत विद्यार्थीहरु(Scholars) का लागि सुर्खेतको वीरेन्द्रनगर स्थित होटेल शुभमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ |

एमफील कार्यक्रमबारे सरोकारवालाहरुलाई प्रकाश पार्ने उद्देश्यका साथ आयोजित सो कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट बोल्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले यो कार्यक्रमका माध्यमबाट ऐतिहासिक फड्को मारेको बताउनुभयो |प्रा.डा.कोइरालाले यस क्षेत्रले गौरव गर्न लायक जनशक्ति उत्पादन गर्न एमफील कार्यक्रम सहयोगीसिद्द हुने विश्वास ब्यक्त गर्नुभयो |

कार्यक्रमका विशेष अतिथि कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावतले यो प्रदेश आर्थिक,सामाजिक,शैक्षिक लगायतका विभिन्न सूचकांकका आधारमा पछि परेको तथ्य उजागर गर्दै अहिले भौतिक विकास भन्दा मानसिक विकासमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो | मन्त्री रावतले यो प्रदेशमा उच्च शिक्षाको ढोका खोल्न विभागीय मन्त्रीका हिसाबले सरकारका तर्फबाट गर्नुपर्ने पहलमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो |

त्यस्तै कार्यक्रममा विषय विज्ञ प्रा.डा.प्रेमराज पन्तले एमफील पढ्ने,पढाउने भन्दा पनि स्वअध्ययनको विषय भएकाले स्वखोज,अनुसन्धानमा लाग्न तथा आफ्नो ज्ञान,सीप एवं अनुभवलाई आदानप्रदान गर्न सुझाव दिनुभयो |

कार्यक्रमका अर्का अतिथि वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले स्थानीय सरकारका तर्फबाट मानव संसाधनको बृहत्तर विकासका लागि विश्वविद्यालयसँग सहकार्य गर्न तयार रहेको धारणा राख्नुभयो |

कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा.महेन्द्रकुमार मल्ल सहित विभिन्न सङ्कायका डीन,निर्देशक,क्याम्पस प्रमुख,विद्वत विद्यार्थी,शिक्षक-कर्मचारी लगायतको उपस्थिति रहेको थियो |