Call us

+977-083-524681

मध्य पश्चिमाञ्चल विश्व विद्यालय

Mid-Western University

Email us

info@mwu.edu.np

शुभकामना आदानप्रदान कार्यक्रम

Posted on: April 15, 2018

सम्माननीय प्रधानमन्त्री विश्वविद्यालयका कुलपति के.पी. शर्मा ओलीको प्रमुख आतिथ्यतामा नयाँ बर्षको शुभकामना आदानप्रदान

मध्यपश्चिमान्चल विश्वविद्यालय सुर्खेतले आज सम्माननीय प्रधानमन्त्री विश्वविद्यालयका कुलपति के.पी. शर्मा ओलीको प्रमुख आतिथ्यतामा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा माननीय रक्षा मन्त्री ईश्वर पोख्रेल, माननीय शिक्षा, विज्ञान र प्रविधि मन्त्री विश्वविद्यालयका सहकुलपति श्री गिरिराजमणि पोखरेल, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी, कर्णाली प्रदेशका मुख्य मन्त्री माननीय महेन्द्र बहादुर शाही,पुर्व सभामुख सुबास चन्द्र नेम्बांग, प्रतिनिधि सभाका माननीयहरुको उपस्थिति रहेको थियो।

सो अवसरमा सम्माननीय प्रधानमन्त्री विश्वविद्यालयका कुलपति के.पी. शर्मा ओलीले निर्माणाधीन केन्द्रीय प्रशासनिक भवन निर्माणको अनुगमन गर्नु भएको थियो।कार्यक्रम विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो।