Call us : +977-083-524681

Email us : info@mwu.edu.np

मध्य पश्चिमाञ्चल विश्व विद्यालय

Mid-Western University

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको १० औं (भर्चुअल) बार्षिक उत्सव – २०७७

Posted on: June 29, 2020

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको १० औं बार्षिक उत्सव मिति २०७७ असार ३ गते अनलाईनका माध्यमवाट भव्यताका साथ सम्पन्न भएको छ । विश्वविद्यालयका श्रीमान उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहज्यूको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन भएको थियो । कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । कोभिड-१९ र यसवाट सिर्जित लकडाउनको कारणले गर्दा विगतका दिनहरुमा जस्तो भौतिक उपस्थिती सहितको कार्यक्रम संचालन गर्न नसकिने अवस्था भएको हुँदा अनलाइन जुम र फेसबुक लाईभ मार्फत कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमका अध्यक्ष श्रीमान उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहज्यूले विश्वविद्यालयको स्थापना दिनको सु-अवसरमा शुभकामना मन्तब्य सहित विश्वविद्यालयको आगामी दिशा-निर्देश प्रस्तुत गर्नुभएको थियो । त्यसैगरि स्वागत मन्तव्य विश्वविद्यालयका रजिष्ट्रार यम बहादुर कार्कीज्यूले राख्नु भएको थियो भने प्रविधी संयोजन तथा कार्यक्रम संचालन उप-प्राध्यापक तथा सुचना प्रविधि विज्ञ पन्चदेव भट्टले गर्नु भएको थियो । कार्यक्रमको अन्तिम खण्डमा, सहभागीबाट प्राप्त प्रश्न तथा जिज्ञासाको जवाफ श्रीमान उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहज्यूले दिनुभएको थियो । कार्यक्रममा २५० बढीको प्रत्यक्ष सहभागीता थियो भने फेसबुकमार्फत करीब ६ हजार बढीले प्रत्यक्ष रुपमा हेरेका थिए ।

• उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण (रेकर्डेड) हेर्न यो लिंकमा जानुहोला: https://youtu.be/zyxAvW-Ptzg

• कार्यक्रमबारे मिडिया कभरेज तथा समाचार यो लिंकहरु बाट पढ्न सक्नुहुनेछ:
– OnlineKhabar: https://www.onlinekhabar.com/2020/06/874072
– Karnali Patra: https://karnalipatra.com/2020/06/11449
– Nepal Gatha: https://www.nepalgatha.com/samaj/15838
– Host Khabar: https://www.hostkhabar.com/2020/06/30037.html
– Core Pati: https://corepati.com/archives/3127