Call us : +977-083-524681

Email us : info@mwu.edu.np

मध्य पश्चिमाञ्चल विश्व विद्यालय

Mid-Western University

मध्य-पश्चिमान्चल विश्वविद्यालय र हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय विच सम्झौता

Posted on: July 10, 2020

मध्य-पश्चिमान्चल विश्वविद्यालय, सुर्खेत, नेपाल र हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय, सिजियाच्वांङग, चीन विच शैक्षिक तथा अनुसान्धान विकासमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ । २०७७ असार ०२ का दिन मध्य-पश्चिमान्चल विश्वविद्यालय तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय तर्फबाट उपकुलपति प्रा.डा. हे छिछ्याङ्ग द्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

उक्त सम्झौता कुनै निश्चित अवधिका लागि मात्र नभई सम्झौता मिति पश्चात सौहार्दपूर्ण तवरले दिर्घकालिन रुपमा लागुहुने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ । यो सहकार्य पश्चात दुइटै विश्वविद्यालयले साझा चासोका विषयहरुमा सहकार्य गरिनेछ जस अन्तर्गत दिर्घकालिन तथा समग्र सहयोगको परिधि अन्तर्गत रहेर बैज्ञानिक अनुसान्धान, शैक्षिक संस्था संचालन तथा भिजिटिंग स्कलर आदान प्रदान हुनेछ । यसै गरि शैक्षिक पठन-पाठन सुधार तथा सिकाईका लागि उपयुक्त प्राध्यापकहरु समेत विश्वविद्यालय बिच आदान प्रदान हुनेछन् भने भविष्यमा विश्वविद्यालय अन्तर्गत रहेका बिभाग तथा स्कुलहरु बिच समेत नजिकवाट सहकार्य हुनेछ । यो सम्झौता पश्चात दुइटै विश्वविद्यालयले आफ्ना विद्यार्थीहरु सम्बन्धित विषय अन्तर्गत रहेर ट्रान्सफर गरि पढ्न सक्नेछन् जसले गर्दा उनीहरुको सिकाई सुधार तथा अन्तरराष्ट्रिय शिक्षामा समेत पहुच पुग्ने छ ।

यो सम्झौतामा आधारित रहेर सहकार्यको प्रभावकारिता र उपयोगिताको दायरा लाई अझै फराकिलो पार्नका लागि अन्य सम्झौता समेत गर्न सकिने प्रावधान रहेको छ । जुन उच्च अधिकारीहरु संवाद, भ्रमण तथा छलफल मार्फत गरिने कुरा उल्लेख गरिएको छ ।

सन् १९५३ मा चीनको हपेई प्रान्तमा स्थापना भएको हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय अन्तर्गत अर्थशास्त्र, व्यवस्थापन, कानुन मुख्य विधा हुन् भने कला र विज्ञान तथा प्रविधि समेत विषेश अध्यन-अध्यापनका क्षेत्र हुन् । यो सहकार्य पश्चात मध्य-पश्चिमान्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा अध्यनरत विद्यार्थीहरुले प्रत्यक्ष शैक्षिक लाभ लिनसक्ने विश्वास गरिएको छ ।