Call us : +977-083-524681

Email us : info@mwu.edu.np

मध्य पश्चिमाञ्चल विश्व विद्यालय

Mid-Western University

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रार र डिन पदका लागि दरखास्त आह्वान सुचना

Posted on: July 6, 2020

Message from the Vice-Chancellor:

Well qualified, highly experienced, and visionary academic and administrative professionals are equally encouraged to apply for the mentioned positions at Mid-Western University. Female candidates are highly encouraged to apply and come in the front position to lead the academic institutions under the Mid-Western University. Mail your application letter, CV and vision paper to profdrnbs@gmail.com and bhattapd@gmail.com

 

Read News at Kantipur:

https://ekantipur.com/news/2020/07/06/159401895062289679.html

वीरेन्द्रनगर — मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले पहिलोपटक रजिस्ट्रार र डीनका लागि दरखास्त आह्वान गरेको छ । पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउन भन्दै खुला विज्ञापन गर्नु परेको विश्वविद्यालयले जनाएको छ ।

सोमबार प्रकाशित सूचनाअनुसार रजिस्ट्रारका लागि ७ दिन र डीनका लागि १० दिनको दरखास्त दर्ता गर्ने म्याद दिइएको छ । रजिस्ट्रारको हकमा शैक्षिक प्रशासनमा विशिष्टतासहित भिजन पेपर पेस गर्नुपर्ने मापदण्ड तोकिएको छ । त्यस्तै, डीनका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सम्बन्धित संकायका प्राध्यापक वा सम्बन्धित संकायमा सेवा गरेका सहप्राध्यापक वा मान्यत प्राप्त विश्वविद्यालयका सम्बन्धित संकायका प्राध्यापक वा सहप्राध्यापक हुनुपर्ने उल्लेख छ । डीनका लागि पनि आवेदनसँगै भिजन पेपर पेस गर्नुपर्ने सूचनामा भनिएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन–२०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति (प्रधानमन्त्री) बाट हुने प्रावधान छ । सोही ऐनको दफा २६ मा डीनहरुको नियुक्ति कार्यकारी परिषद्को निर्णयअनुसार उपकुलपतिबाट हुने भनिएको छ । कार्यकारी परिषद्को अध्यक्ष उपकुलपति हुने प्रावधान रहेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउन र योग्य पदाधिकारी नियुक्त गर्न खुला दरखास्त आह्वान गरिएको बताए । ‘हुन त यी सबै पदाधिकारी नियुक्ति गर्ने र नियुक्तिका लागि सिफारिस गर्ने अधिकार कानुनले उपकुलपतिलाई दिएको छ,’ उनले भने, ‘तर कसैको दबाबमा र अपारदर्शी रुपमा पदाधिकारी नियुक्ति गर्ने गलत परम्परा अन्त्य गर्नका लागि एमयूको इतिहासमै पहिलोपटक खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति प्रक्रिया थालिएको छ ।’ रजिस्ट्रारका लागि अर्थतन्त्र बुझेको र प्रशासनिक रुपमा दक्ष तथा डीनका लागि सम्बन्धित संकायमा सबै हिसाबले अब्बललाई छानिने उनले बताए ।

यसभन्दा अघिका उपकुलपतिसँगको विवादको कारण एमयूका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्ल ‘निलम्बन’ मा परेपछि यामबहादुर कार्की निमित्त रजिस्ट्रारको रुपमा कार्यरत छन् । मल्लको कार्यकाल असार २८ गतेसम्म रहेको छ । दरखास्त आह्वान गरिएकामध्ये विज्ञान तथा प्रविधि संकाय, व्यवस्थापन संकाय र मानविकी तथा सामाजिकशास्त्र संकायका डीनको पद रिक्त छ । निमित्त रजिस्ट्रारसमेत रहेका शिक्षाशास्त्र संकायका डीन कार्कीको पदावधि भने असार २५ गते सकिँदैछ ।